३३ किलो सुन तस्करी प्रकरण : गोरेसहित ६ जनालाई जन्मकैद


काठमाडौं : ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले उक्त फैसला सुनाएको हो । अदालतले कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद, एकजनालाई ३ वर्ष साथै अर्का एकलाई ६ महिना कैद सजाय तोकेको छ ।

अदालतले तस्करी प्रकरणमा मुछिएका बहालवाला र अवकाशप्राप्त सबै प्रहरी अधिकारीलाई सफाइ दिएको छ । यसबारे विस्तृत विवरण आउन बांकी छ ।

प्रकाशित : २०७८ आश्विन १९, मंगलवार १५:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ