बलिउड अभिनेता अनुपम खेर काठमाडौंमा, पशुपतिनाथ पुगेर भने, ‘बहुत अच्छा लगा’


काठमाडौं : बलिउड अभिनेता अनुपम खेर यति बेला नेपालमा छन् । उचाई फिल्म सुटिङका लागि सोमवार काठमाडौं ओर्लेका खेर मंगलवार पशुपतिनाथ मन्दिर पुगे ।

पशुपतिनाथ मन्दिर दर्शनपछि उनले एक भिडियो सार्वजनिक गर्दै अभिनेता खेरले सबैको सुस्वास्थ्यको कामना गर्दै प्रार्थनासमेत गरेको उल्लेख गरेका छन् ।

उनले हिन्दु धर्मास्थानमा आएर पूजा गर्दा मनमा सुख र शान्ति मिल्ने बताए । पशुपतिमा पूजा गर्न पाएर निकै राम्रो लागेको समेत उनले भिडियोमार्फत बताए । – पहिलोपोस्ट

प्रकाशित : २०७८ आश्विन १९, मंगलवार १७:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ