काबुलबाट भागेकी युवतीको चरालाई फ्रान्सेली राजदूतको संरक्षण


तालिबानले सत्ता कब्जा गरेपछि काबुलबाट सुरक्षित स्थानका लागि भागेकी अफगान युवतीको घरपालुवा चरा अबुधाबीस्थित फ्रान्सेली राजदूतसँगै नयाँ घरमा बस्न पाएको छ । यूएईबाट फ्रान्स उड्ने क्रममा ती युवतीले आफ्नो चरालाई सँगै लैजान नपाएपछि जुली नामको चरालाई अबुधाबीस्थित फ्रेन्च राजदूत जेभियर चटेलले दूतावासमै राखेका हुन् ।

हाल उक्त चरालाई फ्रान्सेली राजदूतले दूतावासस्थित आफ्नै निवासमा राखेका छन् । बीबीसीको समाचार अनुसार तालिमप्राप्त मैना चराले केही दिनपछि बोँजो ९फ्रेन्च भाषाको नमस्ते० समेत भन्न सिकिसकेको बताइएको छ । राजदूत चटेलले भने चरोलाई उसकै मालिक युवतीसँग पुनर्मिलन गराउने बताएका छन् ।

अगस्ट १५ मा तालिबानले अफगान सत्ता कब्जा गर्नुअघिल्लो दिन अगस्ट १४ देखि अगस्ट ३० सम्म १ लाख २० हजारभन्दा धेरै मानिसले अफगानिस्तान छाडिसकेका छन् । झण्डै २ हजार ६ सयले मात्रै फ्रान्सको उडान गरेका थिए । तीमध्ये एक युवतीले भने आफूसँगै रहेको चरालाई साथमै लैजानका लागि संघर्ष गरिरहेको फ्रेन्च राजदूत चटेलले बताएका छन् । चटेलले ट्वीट गर्दै ती युवतीबारे जानकारी दिएका थिए ।

तर सरसफाइको कारण उक्त चरालाई विमानमा पठाउन नसकिएको राजदूत चटेलले बताएका छन् । ‘उनी चुपचाप रोइन् । तर मैले उक्त चरालाई आफ्नै निवासमा राखेर हेरचाह गर्ने बाचा गरेको छु । उसलाई खुवाउनेछु । उनले चाहेको बेला चरालाई जतिबेला पनि भेट्न सक्नेछिन् र फिर्ता लैजान सक्नेछिन् ।’

चटेलले चरालाई राख्न एउटा पिँजडासमेत किनिसकेको र उसलाई खुवाएको बताएका छन् । र बिहान उसलाई अरु चराहरुसँग भेट गराउन बाहिर लैजाने गरेको समेत उनले बताएका छन् । साथै जुलीले आफूले बुझ्न नसक्ने भाषामा केही रहस्यमय कुराहरु भन्न थालेको चट्टेलले बताए । समाचार अनुसार यस्ता चरासँग मानव भाषा नक्कल गर्ने क्षमता समेत हुन्छ ।

चटेलका अनुसार उनले जुलीलाई केही फ्रेन्च भाषा सिकाउन प्रयास गरेका छन् । तर जुलीलाई मान्छे मन पर्दैन । आफूलाई हेर्दा उ रिसाउने गरेको पनि चटेलको भनाइ छ । तर महिलाहरुलाई देखेर हाँस्ने गरेको उनले बताए । चटेलले पछिल्लो समय ट्वीटरमार्फत् उक्त चराको अवस्थाबारे जानकारी दिँदैआएका छन् ।

प्रकाशित : २०७८ आश्विन २०, बुधबार २१:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ