आजदेखि सवारीसाधनलाई रुट परमिट नचाहिने


काठमाडौं : सरकारले यात्रुवाहक सवारीसाधनलाई आजदेखि देशभर कार्यान्वयन हुने गरी रुट परमिट (सडक अनुमति) नचाहिने व्यवस्था गरेको छ । आजदेखि यात्रुवाहक सवारीसाधन जुनसुकै ठाउँमा जान सक्ने व्यवस्था गरिएको हो ।

यस व्यवस्था कोजाग्रत पूर्णिमासम्म कायम गरिएको छ । दशैँलगायत चाडपर्वमा आवत–जावतलाई सहज बनाउन आजदेखि सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौंसम्म ठूला सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन  । ट्रेलरलगायतका ठूला सवारीसाधनलाई भने ३ कात्तिक ९कोजाग्रत पूर्णिमासम्म रोक लगाएको विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिए ।

तर, ढुवानी व्यवसायीहरूले भने सरकारको यो निर्णयबारे जानकारी नभएको बताएका छन् । रुट परमिटको लिनुपर्ने झमेला अन्त्य भएपछि सवारी साधन व्यवसायीहरु खुःशी भएका छन् ।

प्रकाशित : २०७८ आश्विन २१, बिहीबार १०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ