मुख्यमन्त्री राउत जानकी मन्दिरका महन्थको खुट्टा छोएर लिए आशिर्वाद


जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज जानकी मन्दिर पुगेर महन्थ राम तपेश्वर दाससंग आशिर्वाद लिएका छन् ।

महन्थ दासको खुट्टा छोएर मुख्यमन्त्री राउतले आशिर्वाद लिएका हुन् । हिजो प्रदेशसभाबाट विश्वासको मत पाएका राउत आज जसपा नेता कार्यकर्तासहित मुख्यमन्त्री राउत आशिर्वाद लिन मन्दिर पुगेका थिए ।

मुस्लिम समुदायका रहेका मुख्यमन्त्री राउत हिन्दु धर्मप्रति पनि आफ्नो आस्था रहेको सन्देश दिन महन्थ दासको खुट्टा छोएर आशिर्वाद लिएको बताइएको छ ।

प्रकाशित : २०७८ आश्विन २१, बिहीबार १६:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ