जनकपुरमा खुल्यो सस्तो बजार


टुडेखोज, जनकपुरधाम : दशैं, दिपावली र छठलाई लक्षित गर्दै विगतका वर्षहरु जस्तै बिहीवारबाट जनकपुरको गोपाल धर्मशालामा ‘सस्तो बजार’ सञ्चालनमा आएको छ ।

बिहीवार एक समारोहबीच प्रदेश प्रमुख हरिशंकर मिश्रले सस्तो बजारको उद्घाटन गरे । जनकपुरधाम उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालनमा आएको सस्तो बजार छठसम्म सञ्चालनमा रहनेछ ।

सर्वसधारण जनताले सस्तोमा दैनिक जीवनमा प्रयोग हुने समानहरु खरिद गर्न सकियोस् भन्ने उदेश्यले विगत ४० वर्षदेखि गोपाल धर्मशालामा सस्तो बजार लाग्ने गरेको उद्योग बाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले जानकारी दिए ।

प्रकाशित : २०७८ आश्विन २१, बिहीबार २०:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ