बेलायतले ‘रेड लिस्ट’बाट नेपाललाई हटायो


काठमाडौं : बेलायत सरकारले नेपाललाई रातो सूचीबाट हटाएको छ । कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातो सूचीमा बेलायतले राखेको थियो ।

बेलायतले हिजो नेपाललगायत ४७ देशलाई आफ्नो रातो सूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश भने रातो सूचीमै छन् । रातो सूचीबाट हटाए पनि यो लागू भने असोज २५ गतेदेखि लागू हुने सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी विश्वका ३७ देशलाई ती देशमा लगाइएका कोभिड खोपलाई समेत मान्यता दिइएको छ । ती देशबाट बेलायत प्रवेश गर्नेले अब क्वारेन्टिन बस्न नपर्ने तर चाहेमा कोरोना परीक्षण डे टु प्याकेज भने प्रयोग गर्न सक्ने जनाइएको छ ।

प्रकाशित : २०७८ आश्विन २२, शुक्रबार ०८:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ