मन्त्री बन्न नपाएका जसपा सांसद प्रदिप यादवले भने- नेतृत्वबाट गम्भीर चुक


टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का साँसद प्रदिप यादवले मन्त्री बन्न नपाएपछि आक्रोश पोखेका छन् । जनाधार र योगदानको कदर गर्न नेतृत्वबाट गम्भीर चुक भएको उनले टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-
मधेश आन्दोलनको उद्दगम स्थल हो बिरगञ्ज । बिद्रोहको बिगुल फुक्ने र आन्दोलनको आंधिबेरी ल्याउने स्थानलाई नजर अन्दाज र किनारा गरिएको छ । नाका जाम गरेर सरकारलाई दिने कडा दवाब होस या, अधिकारका निम्ती सहादतका लागि छाति फैलाउने हौसला बिरगञ्ज९पर्सा०ले सदैव राख्दै आएको छ ।

मधेशि जनअधिकार फोरम नेपाल स्थापनादेखि आफ्नो बलिदान र योगदान दिदै आएको बिरगञ्ज आज फेरी ठगिएको छ, यसले पर्सेली जनता दुखित र आक्रोसित भएका छन । हाम्रो पार्टिका अध्यक्षज्युले मन्त्रीमण्डलमा समावेश हुनेहरुको नाम छनौट गरिरहंदा सम्पुर्ण पर्सेलि जनताको नजर उनिमाथी थियो ।

यसपटक पक्कै पनि पर्सा र बिरगञ्जलाई न्याय र सम्मान गरिने छः बिशवास थियो, योगदानको प्रतिफल दिईनेछ भन्ने बिस्वास थियो तर प्रतिफल उलटो भयो तर पनि नेतृत्वप्रति मेरो कुनै कमेण्ट छैन । म जनताको सेवक हुं सधै सेवामा लागि रहने छु । मुल्यांकन गर्ने जिम्मा फेरि पनि न्याय प्रेमी जनतालाई नै छोड्छु ।
जय जनता । जय मधेश ।

प्रकाशित : २०७८ आश्विन २२, शुक्रबार २०:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ