Breaking- जनकपुरको धनुषा होटलमा आगो लाग्यो


टुडेखोज, जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा रहेको धनुषा होटलमा आगलगी भएको छ । आगलगीका कारण लाखौंको क्षति भएको हो ।

आज राति करिब ८ बजे आगलगी सुरु भएको थियो । आगलगीको कारण भने खुल्न सकेका छैन । जनकपुरधाम उपमहानगरको दमकल समयमै आइपुगेका कारण आगलगीबाट ठूलो क्षति हुन सकेन ।

आगलगीबाट लाखौं क्षति भएको भनिएपनि यकिन विवरण आउन सकेका छैन । आगलगी नियन्त्रणमा लिन स्थानीय यूवाहरुले भुमिका खेलेका छन् ।

प्रकाशित : २०७८ आश्विन २२, शुक्रबार २०:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ