महोत्तरीमा बलात्कार गरी महिलाको हत्या, मुख बाँधेको अवस्थामा शव भेट्यो


जनकपुरधाम, १६ असोज । महोत्तरीमा एक महिलाको शव मुख बाँधिएको र शरीरभर चोटपटक लागेको अवस्थामा शव फेला परेको छ ।

अन्दाजी ३५ वर्षको जस्तो देखिने महिलाको शब गौशाला नगरपालिका–१० थापाटोलस्थित मरहा नदीको किनारमा बिहीबार बिहान फेला परेको हो । शवको प्रकृति हेर्दा कसैले बलात्कार गरेर हत्या गरेको हुन सक्ने देखिएको महोत्तरी प्रहरीले जनाएको छ ।

मृतकको मुख बाँधिएको र शरीरको विभिन्न भागमा चोटपटक देखिएका कारण बलात्कारपछि हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।

प्रकाशित : २०७६ आश्विन १६, बिहीबार ०८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ