जनकपुर : डा. शर्माले पोलिक्लिनिकमै गरे महिलामाथि बलात्कारको प्रयास


टुडेखोज, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २ भानु चोकदेखि कदम चोक जाने बाटोमा रहेको सायलर पोलिक्लिनिकका डा. सज्जन शर्माले एक महिलामाथि बलात्कारको प्रयास गरेको खुलासा भएको छ ।

पोलिक्लिनिकमा सरसफाईको काम गर्ने मेस्तर थरकी महिला (पहिचान गोप्य राखिएको)लाई डा. शर्माले बलात्कारको प्रयास गरेका हुन् । सरसफाई गरेर फर्किने क्रममा डा. शर्माले हात समातेर रोकी बलात्कारको प्रयास गर्न खोज्दा उनी भागेको बताइएको छ ।

न्यायका लागि पीडित महिलाले स्टेशन प्रहरी (वडा प्रहरी कार्यालय)मा उजुरी समेत दिएकी थिइन् । तर उनी न्याय भने पाउन सकेकी छैन् । स्रोतका अनुसार शुक्रवार प्रहरीले डा. शर्मालाई माफी माग्न लगाएर घटना मिलापत्र गराएको छ ।

घटनाबारे बुझ्न डा. शर्मालाई भेट्न पोलिक्लिनक पुग्दा भेटेनन् । पोलिक्लिकको बोर्डमा उल्लेखित नम्बरमा फोन गर्दा अर्का कर्मचारीले रिसिभ गरे, जसले डा. शर्माको नम्बर आफूसँग नरहेको बताए ।

प्रकाशित : २०७८ आश्विन २३, शनिबार १५:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ