जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ


काठमाडौं : काठमाडौं, गोकर्णेश्वर नगरपालिका ७ दक्षिणढोकाबाट प्रहरीले ११ जनालाई जुवा तास खेलिरहेको अवस्थाबाट पक्राउ गरेको छ ।

बारा घर भएका ४३ वर्षीय मन बहादुर तामाङको गलैंचा कारखानामा कौडा खेलिरहेको अवस्थामा मान बहादुर लगायत ११ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । उक्त कारखानामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७२ हजार ६ सय ५ रुपैयाँ र १५ वटा कौडासहित फेला पारी पक्राउ गरेको 5 ।

त्यस्तै, दाङको घोराही उपमहानगरपालिका ९ दुबिचौराबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । स्थानीय श्याम लाल चौधरीको घरमा तास खेलिरहेको अवस्थामा १३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ७ हजार ३ सय ५ रुपैयाँ र २ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन २३, शनिबार २०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ