सिरहाबाट लागूऔष’धसहित तीनजना पक्राउ


जनकपुरधाम : सिरहा प्रहरीले लागूऔष’धसहित तीनजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना सिरहाका र एक जना सप्तरीका छन् ।

बीआर ३२ एजी ५५११ नम्बरको मोटरसाइकलमा सबार सिरहा नगरपालिका २१ लकडीगोठ बस्ने १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका ९ बस्ने १९ बर्षीय निकित कुमार पक्राउ परेका हुन् ।

सिरहा नगरपालिका १५ बुधौरास्थित दशगजा क्षेत्रबाट मोटरसाइकलमा सबार उनी तीनै जनालाई लागूऔष’धसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नाइट्राभेट–१० नामक लागूऔष’ध ३ सय थान बरामद भएको छ ।

प्रकाशित : २०७८ आश्विन २४, आईतवार १८:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ