प्रदेश २ : ग्याँस ट्याङ्करबाट १२० केजी गाँजा बरामद


टुडेखोज, जनकपुरधाम : पर्साको वीरगञ्ज महानगरपालिका- २५ मा पार्किङ गरी राखेको भारतीय नम्बरको ग्याँस ट्याङ्करबाट १२० केजी गाँजा बरामद भएको छ ।

भारतीय NL01K0754 नम्बरको एलपी ग्याँस बोक्ने ट्याङ्कर संकास्पद रूपमा रोकिएको अवस्थामा प्रहरीले जाँच गर्दा गाँजा बुधवार सांझ बरामद भएको हो । ट्याङ्करको चालक बस्ने क्याबिनभित्र सुनियोजित तरिकाले लुकाएको १२० केजी गाँजा बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

तस्कर भने फरार भएका छन् । ट्याङ्कर चालक तथा धनीको पहिचान गरी खोजतलास गर्ने लगायतका अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७८ आश्विन २८, बिहीबार १२:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ