सप्तरीमा ८ सय बोका र ४० राँगाको ब’ली दिइयाे


सप्तरी : आज नवमीको दिन टिलाढी कोइलाडी गाउँपालिकाको कोइलाडीस्थित श्री दुर्गा मन्दिरमा भव्य पूजा हुने गर्छ । घटस्थापनादेखि दशमीसम्म प्रत्येक दिन ब’ली चढाउने परम्परा छ ।

यो परम्परा करिब दुई सय वर्ष अगाडीदेखि चल्दै आएको जानकारहरु बताउँछन् । मन्दिरमा आज भक्तजनको घुँइचो देखिएको छ । यँहा कोइलाडी लगायत आसपासका ५०/६० गाउँका भक्तजनहरु आउने गर्छन् । र मनाेकामना पूरा हाेस भन्दै ब’ली चढाइन्छ ।

नवमीको दिन आज मन्दिरमा ८ सय बोका र ४० राँगाको ब’ली दिइएको छ । स्थानीयवासी मुकुश सिंहका अनुसार यहां हरेक वर्ष ७ सय देखि ८ सयसम्म ब’ली चढाइन्छ । – अन्नपूर्ण पोस्ट

प्रकाशित : २०७८ आश्विन २८, बिहीबार १९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ