सिरहामा झिझिया हेर्न गएका किशोरको शव इनारमा भेटियो


सिरहा : सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । गोलबजार नपागरपालिका ८ भाइजिटोलका भुनेश्वर महतोका १७ वर्षीय छोरा सत्रुधन महतो नरहा गाउँपालिका ३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार बिहान फेला परेका हुन् ।

दसैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका महतो मृत अबस्थामा भेटिएका हुन् । मेलामा राति झगडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

मेलामा राति दुई युवा समूहबीच विवाद भएको स्थानीय राम कृपाल यादवले जानकारी दिए । उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत रहेको बताइएको छ ।

शव इनारबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे पनि अनुसन्धान भइरहेको जनाएको छ । घटनामा संलग्न कोही पक्राउ परेका छैन् ।

प्रकाशित : २०७८ आश्विन ३०, शनिबार ११:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ