सप्तरीमा २ मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु


सप्तरी : सप्तरीमा दुई मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पछिल्लो समय देशभर दुर्घटना बढेको हो ।

खडक नगरपालिका ४ अमहास्थित पुर्ब-पश्‍चिम राजमार्गमा पश्‍चिमबाट पुर्वतर्फ जाँदै गरेको बा. ५६ प २५१५ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको स. ५ प ८४३४ नम्बरको मोटरसाईकल एक-आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा बा. ५६ प २५१५ नम्बरको मोटरसाईकलमा सवार झापाको शिवसतासी नगरपालिका वडा नं ६ बस्ने बर्ष २२ को विवेक सापकोटा र स. ५ प ८४३४ नम्बरको मोटरसाईकलमा सवार झापाकै भद्रपुर नगरपालिका ४ बस्ने बर्ष २१ को दयाराम सिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।

दुर्घटनामा स. ५ प ८४३४ नम्बरको मोटरसाईकलमा सवारमा महोत्तरीको मटिहानी नगरपालिका वडा नं ७ बस्ने ३५ बर्षका चन्दन कुमार साह गम्भिर घाईते भएका छन । उनलाई उपचारका लागि विराटनगर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसअघि शनिबारै बसले दिएको ठक्करले मोटरसाइकलमा सबार एक व्यक्तिको मृत्यु भएको थियो । धनुषामा पनि मोटरसाइकल दुर्घटनामा आज दुई जनाको मृत्यू भएको छ ।

प्रकाशित : २०७८ आश्विन ३०, शनिबार १९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ