जसपामा सयौं कार्यकर्ता प्रवेश, नेता दिपेश यादवले गरे स्वागत


टुडेखोज, लहान : जनता समाजवादी पार्टी (जसपा)ले चलाएको ‘सुज’ अभियान प्रभावकारी बनेको छ । आइतबार उक्त अभियान अन्तर्गत सिरहाको सखुवानन्कारकट्टी गाउपालिकामा अन्य दल त्यागेर सयौं कार्यकर्ता जसपामा प्रवेश गरे ।

सखुवानन्कारकट्टि गाउपालिका १ लतियाही गाउँका नेकपा एमालेका सयौं कार्यकर्ता जसपामा प्रवेश गरेका छन् । स्थानीय २३ परिवारका सबै सदस्य जसपामा प्रवेश गरेका हुन् । उनीहरुलाई जसपा प्रदेश सदस्य दिपेश यादवले पार्टीमा स्वागत गर्नुका साथै सदस्यता प्रदान गरे ।

पछिल्लो समय प्रदेश २ मा जसपामा पार्टी प्रवेशको लहर चलेको छ । केहि नेता अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि जसपा ‘सुज’ अभियान चलाएको हो ।

प्रकाशित : २०७८ आश्विन ३१, आईतवार ११:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ