प्रदेश २ को लोकसेवा आयोगलाई एक विद्यार्थीले गाली गरेपछि…


जनकपुरधाम : प्रदेश २ को लोकसेवा आयोगले महाेत्तरीका एक युवकलाई सूचना प्रकाशित गरी कालोसूचीमा राखिएको जनाएको छ।

आयाेगले कालाेसूचीमा राख्नेमा महोत्तरीको मनरा सिस्वा नगरपालिका-९ बथनाहाका प्रनितकुमार झा रहेका छन् । झालाई एक वर्षका लागि कालोसूचीमा राखिएको आयोगले जनाएको छ। कर्मचारी भर्नाका लागि आयोगले गरेको विज्ञापनमा अनलाइनमार्फत झाले दरखास्त दिएका थिए ।

उनले अनलाइन फारम भर्ने क्रममा केही प्रमाण पेस गरेका थिएनन् । प्रमाण अपुग रहेको भन्दै आयोगले इमेलमार्फत जवाफ मागेको थियो । झाले आयोगको इमेलको जवाफमा आयोगलाई गाली गर्दै अपशब्द प्रयोग गरी प्रतिक्रिया दिएको लोकसेवा आयोगले जनाएको छ ।

यसरी आयाेगलाई गालीगलौज गरेको हुँदा उनलाई असोज ६ मा पत्रिकामा सूचना प्रकाशित गरी कालो सूचीमा राखेर कारबाही गरिएको आयाेगले जनाएकाे छ ।

प्रकाशित : २०७८ आश्विन ३१, आईतवार १५:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ