धनुषामा ह’त्या गरिएका यूवक मिर्चैयाका हुन् : प्रहरी


जनकपुरधाम : धनुषामा मृत फेला परेका युवकको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतक यूवक सिरहाको मिर्चैया नगरपालिका ८ का २८ वर्षीय सञ्जिव पण्डित रहेका छन् ।

नगराइन नगरपालिका ५ स्थित गंगुलीबाट देवडिहा जाने बाटोको छेउमा घाँ’टी रेटि’एको अवस्थामा आइतबार विहान उनको शव फेला परेको थियो । तर पहिचान खुलेको थिएन् ।

धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सिरहा घर भएका ती युवक धनुषामा कसरी आए र कसले उनको ह’त्या गरेको विषयमा केहि खुलेको छैन । यसबारेमा अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित : २०७८ आश्विन ३१, आईतवार १८:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ