धनुषा : मनिट्रान्सफरमा लुटपा’ट र सञ्चालकमाथि कुटपि’ट !


जनकपुरधाम : धनुषामा एक जना मनिट्रान्सफरको सञ्चालकमाथि कुटपि’ट भएको छ । आइतबार साँझ कमला नगरपालिका ६ सखुवा मरानास्थित सुमित एण्ड आदित्य मनिट्रान्सफरको सञ्चालक गणेश महतोमाथि कुटपि’ट भएको हो ।

सञ्चालक महतोका अनुसार ५/७ जनाको समुहमा आएका एक समुहले कुटपि’ट गर्दै लुटपा’ट गरेका छन् । मनिट्रान्सफरमा रहेको दश लाख रुपैया त्यो समुहले लुटे’को उनको आरोप छ । सञ्चालक महतोले घाटीमा लगाएको आँधा तोला सुनको हनुमानजीसमेत लुटे’को छ ।

कुटपि’टबाट घाईते भएका महतो प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका छन् । उनले जिल्ला प्रहरी कार्यालय धनुषामा कुटपि’ट र लुटपा’ट गर्नेहरुमाथि निवेदनसमेत दर्ता गराएका छन् ।

उनले दर्ता गराएको निवेदनमा कमला नगरपालिका ६ कै दयाराम पासमान, गंगाराम पासमान, काशेश्वर पासमान, तपेश्वर पासमान, भोला मुखिया र मुकेश पासमानले कुटपि’ट गरी रुपैयाँ लुटे’को आरोप लगाएका छन् ।

प्रकाशित : २०७८ कार्तिक १, सोमबार १५:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ