रत्न आभूषण महासंघका अध्यक्ष महर्जनको निधन


काठमाडौं : नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ ।

एक साताअघि कोभिड संक्रमण देखिपछि अस्पताल भर्ना भएका मर्हजनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधन सोमबार मेडिसिटी अस्पतालमा भएको बताइएको छ ।

महर्जन साझा बिवेकशिल पार्टीका नेता पनि थिए । उनले ललितपुर महानगरपालिकाबाट मेयरका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : २०७८ कार्तिक १, सोमबार १६:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ