मोहन वैद्यलाई भेट्न अस्पताल पुगिन् राज्यमन्त्री यादव


काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई अस्पताल पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी छिन् ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका वैद्यलाई भेटेर राज्यमन्त्री यादवले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी हुन् । मंगलबार बिहान वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको यादवको सचिवालयले जनाएको छ ।

राज्यमन्त्री यादवले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्न समेत आग्रह गरिन । वैद्यको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए । उनलाई दमलगायत समस्या देखिएको छ ।

प्रकाशित : २०७८ कार्तिक २, मंगलवार १३:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ