माछा मार्न गएका तीन जना बेपत्ता


कैलाली : कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका ३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, सोही ठाउँका विक्रम घर्ती मगर र खडक राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

निजका आफन्त तीर्थबहादुर घर्ती मगरले आज इलाका प्रहरी कार्यालय चिसापानीमा जानकारी गराएपश्चात तत्काल प्रहरी टोली उक्त स्थानमा खटी निजहरुको खोजतलास कार्य भइरहेको बताइएको छ ।

प्रकाशित : २०७८ कार्तिक ३, बुधबार ०७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ