धनुषाका महासेठको अमेरिकामा गाेली हानी ह’त्या


अमेरिकामा एक नेपालीको गो’ली हानेर हत्या भएको । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर घर भएका अन्दाजी ५४ वर्षीय लालकिशोर महासेठको ह’त्या भएको हो ।

अमेरिकाको फल रिभरको म्याचुस्टरमा जेनरल स्टोर सञ्चालन गर्दै आइरेहका महासेठको गएराति उनको पसलमै ह’त्या भएको मधेशी एसोसिएन अफ अमेरिकाका अध्यक्ष सत्येन्द्र साहले जानकारी दिए। अमेरिकी समयअनुसार गएराति ९ बजे पसलमै रहेका बेला अज्ञात व्यक्तिहरूको एक समूहले गो’ली हानेर उनको ह’त्या गरेको साहले बताए ।

महासेठको हत्या कसले र किन गरेको यसबारे खुल्न सकेको छैन । घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको । महासेठ १५ वर्षदेखि परिवारसहित अमेरिकामा बसेर व्यवसाय गर्दै आइरहेको बताइएको

महासेठ हत्याको मधेशी एसोसिएन अफ अमेरिकाले भर्त्सना गरेको छ । उनी मधेशी एशोसिएसन अफ अमेरिकाका सल्लाहकार समेत थिए । यसैगरी महासेठको हत्याप्रति नेपाली कांग्रेस नेपाली जनसम्पर्क समन्वय विभागका केन्द्रीय सदस्य तथा मधेशी एशोसिएसन अफ अमेरिकाका संस्थापक सदस्य सुरज नायकले पनि भर्त्सना गरेका छन् ।

नायकले नेपाली कामदारहरुलाई सचेत भएर काम गर्न आग्रह गर्दै महासेठक हत्याको दोषीलाई कारबाहीको दायरमा ल्याउन त्यहाँ सक्रिय नेपाली संघ संस्थाहरूलाई ध्यानाकर्षण गराएका छन् । साथै अमेरिकामा रहेका नेपालीहरूको सुरक्षाको व्यवस्थाका लागि पनि पहल गरिदिन उनले नेपाली संघसंस्थाहरूसँग आग्रह गरेका छन्

प्रकाशित : २०७८ कार्तिक ३, बुधबार ०८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ