बाढी पसेपछि डुब्यो विराटनगर एयरपोर्ट, उडान अबरूद्ध


विराटनगर : निरन्तरको वर्षापछि मोरङको विराटनगरस्थित विराटनगर विमानस्थल डुबानमा परेको छ । केशलिया खोलाको बाढी विमानस्थलमा पसेपछि डुबान भएको हो ।

विमानस्थलको सबै क्षेत्रमा पानी पसेको विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले जानकारी दिए। उनका अनुसार विमानस्थलको धावनमार्गमा करिब पाँच फिटसम्म पानी  जमेको छ ।  बुधबार बिहानदेखि विमानस्थलमा खोलाको बाढी पसेको उनले बताए ।

‘विमानस्थलको सम्पूर्ण क्षेत्र डुबानमा परको । हामी पनि बाढीपीडित बनेका छौँ,’ उनले भने, ‘आज त उडानको कुरा छाडौँ‚ ज्यान जोगाउन मुस्किल छ ।’ एयरपोर्टमा बाढी पसेपछि मंगलबारदेखि उडान प्रभावित भएको उनले जानकारी दिए

प्रकाशित : २०७८ कार्तिक ३, बुधबार ०९:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ