मौसम अपडेट : तत्काल ‘भारी वर्षा’ नहुने


काठमाडौं : ८८ जनाको मृत्यु हुने गरी तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा क्रमिक रूपमा रोकिएको छ ।

आजदेखि मौसममा सुधार हुँदै जाने र अब तत्कालै ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि अधिकांश स्थानमा पानी पर्न रोकिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

‘भारी वर्षा गराउने प्रणाली बाहिरिसकेकाले अब तत्कालै ठूलो वर्षाको सम्भावना छैन तथापि केही स्थानमा छिटफुट वर्षा भने भइरहन्छ,’ पौडेलले भने । आजदेखि अधिकांश स्थानमा घाम लाग्ने पूर्वानुमान गरिएको उनले जानकारी दिए ।

यद्यपि आगामी २४ घण्टा प्रदेश नं १,  वाग्मती र गण्डकी  प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित : २०७८ कार्तिक ४, बिहीबार ०९:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ