विराटनगर विमानस्थल अझै बन्द, भोलिबाट खोल्ने तयारी


विराटनगर : दुई दिनको निरन्तर वर्षाले आएको बाढी पसेर अवरुद्ध विराटनगर विमानस्थल आज पनि नखुल्ने भएको छ । शनिबारबाटमात्रै खोल्ने तयारी गरिएको छ ।

केसलिया र विमानस्थल नजिकैको बासाहा धाद्रोको पानी विमानस्थलमा पसेपछि सबै उडान अवरुद्ध भएको थियो । विराटनगर विमानस्थल प्रमुख उत्सव पोखरेलका अनुसार बाढीमा फसेर विमानस्थलमै रहेका बुद्ध र श्री एयरका दुईवटा खाली जहाजलाई बिहीबार काठमाडौं पठाइएको छ ।

उनका अनुसार पानी पूर्ण रुपमा नसुकेकोले शनिबारबाट मात्र विमानस्थलमा उडान खोल्ने तयारी छ । अविरल वर्षासँगै बाढीको पानी विमानस्लको रन वे, ट्याक्सी वे सहितका क्षेत्रमा पसेको थियो ।

विमानस्थलको रन वे सफा गर्ने कार्य सम्पन्न भइसकेको र पूर्ववत सञ्चालन गर्ने तयारी थालिएको विमानस्थल कार्यालयले जनाएको छ । वर्षाका कारण डुबानमा परेपछि यसअघि पटक पटक यो विमानस्थल बन्द भएको थियो ।

प्रकाशित : २०७८ कार्तिक ५, शुक्रबार ०९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ