खानेपानी हाकिमलाई जनकारबाही : राउतका १७ कार्यकर्तामाथि मुद्दा, हेर्नुस् नाम


जनकपुरधाम : खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुशवाहालाई अर्धन’ग्न बजार घुमाएका जनमत पार्टीका १७ जना कार्यकर्तामाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।

कुशवाहामाथि दुर्व्यव’हार गरेको आरोपमा प्रहरीले विहीबार ६२ जनालाई पक्राउ गरेकोमा १७ जनामाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए । १७ जनालाई हिरा’सतमा राख्न जिल्ला अदालत धनुषाबाट म्याद थपको अनुमति लिन लागिएको उनले बताए । बाँकी भने रिहा भइसकेका छन् ।

प्रहरी स्रोतका अनुसार जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य संजयकुमार सिंह, सिरहा जिल्ला सदस्य सौदी मण्डल, दुर्योधन यादव, सिरहाकै सक्रिय सदस्य प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, धनुषा सबैला नगर संयोजक संजय प्रधानमाथि मुद्दा चलाइने भएको हो ।

त्यस्तै धनुषा जिल्ला सदस्य धनिक लाल कापर, कैलाशप्रसाद साह, विक्रमकुमार साह, विद्यार्थी नेता महेशकुमार यादव, सिरहाका पार्टी सदस्य रामकरण यादव, दलित संघ सिरहाका सदस्य दिनेश रजक साफी, पार्टीका सिरहा कल्याणपुर नगरपालिकाका वडा सचिव अमनाथ साह, महोत्तरी बलवा नगरपालिका अध्यक्ष संजयकुमार साह र धनुषा विदेह नगरपालिका पार्टी वडा सदस्य सुन्दर मण्डल छन् ।

प्रकाशित : २०७८ कार्तिक ५, शुक्रबार १२:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ