पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन


जनकपुरधाम । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन भएको छ । उपचारको क्रममा विराटनगरमा उनको निधन भएको हो ।

उच्च रक्तचापका कारण बिहिबार अबस्था गम्भीर बनेपछि पत्रकार गुप्तालाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । सिरहाको लहान नगरपालिका १ घर भएका गुप्ताको अस्पतालमै उपचारको क्रममा आज निधन भएको हो ।

गुप्ताको शव आजै लहान ल्याएको छ । आजै उनको अन्तिम संस्कारको गरिने नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैताले जानकारी दिए ।

प्रकाशित : २०७८ कार्तिक ५, शुक्रबार १७:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ