प्रदेश २ : महिलाको तिघ्राबाट बरामद भयो सात किलो चरे’श


बारा : लागुऔषध चरे’श नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका ४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरे’श रहेको थियो ।

बरामद भएको चरे’शको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक ६, शनिबार ०७:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ