गाउँपालिका उपाध्यक्षको निधन


सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार बिहान निधन भएको । अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति विकास लामाकी श्रीमती हुन् ।

लामो समयदेखि ब्रेस्ट क्यान्सरपीडित अधिकारीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमामा निधन भएको हो । बिहान करिब सात बजे उपाध्यक्ष अधिकारीको निधन भएको बताईएको छ ।

शिक्षण अस्पताल पुगेका इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङका अनुसार ५१ वर्षीया अधिकारीका तीन छोरी छन् । उनको निधनले गाउपालिकाबासी दु:खी बनेका छन् ।

प्रकाशित : २०७८ कार्तिक ६, शनिबार १३:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ