सिरहाको गोलबजारमा एक पुरुष मृत भेटियो


लहान : सिरहाको गोलबजार ५ ग्रामिण चोकमा एक पुरुषको शव (लाश) फेला परेको छ । मृत व्यक्ति कल्याणपुर नगरपालिका ५ निर्दनाका ३८ वर्षिय मितन सहनी रहेको प्रहरीले जनाएको छ ।

करिब एक महिना अगाडि नै घरबाट निस्केका उनी मृत फेला परेको बताइएको छ । मृत्यूको कारण खुल्न सकेका छैन् । तर अत्यधिक लोकल मदि’रा सेवनबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले मृत फेला परेका ति व्यक्तिको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक ६, शनिबार १८:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ