स्रोत नखुलेको १ लाख ८० हजार रुपैयाँसहित साह पक्राउ 


रौतहट : प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय २२ वर्षीय सुशीलकुमार साह रहेका छन् ।

ईशनाथ नगरपालिका१ बन्जरहास्थित बकैया खोलाको बाँधमा जाँचको क्रममा उनलाई स्रोत नखुलेको १ लाख ८० हजार रुपैयाँसहित सीमा प्रहरी चौकी बन्जरहाबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भारत बिहार राज्य शिवहर जिल्ला ग्राम पंचायत बेलवाघाट ५ का साह नेपाल आउँदै गर्दा उनले बोकेको झोलाभित्र शुक्रबार बिहान भारतीय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपि नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार साहले रकम कहाँबाट ल्याएको र कहाँ लैजान लागेको भनेर बताउन सकेनन् ।

स्रोत खुलाउन नसकेपछि प्रहरीले अनुसन्धानको लागि लागि बारास्थित राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएका छ । नेपाल प्रहरीले एक वर्षको अवधिमा स्रोत नखुलेको १ करोड बढी रकम बरामद गरिसकेको जनायो ।

प्रकाशित : २०७८ कार्तिक ६, शनिबार २१:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ