सिंगापुरद्वारा नेपाललाई यात्रा प्रतिबन्धमा फुकुवा


काठमाडौं : सिंगापुरले नेपालसहितका दक्षिण एसियाली मुलुकलाई लगाएको यात्रा प्रतिबन्ध फुकुवा गरेको छ । अक्टोबर २६ मध्यरातदेखि लागू हुने गरी नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमारका पर्यटकले क्वारेन्टिन बिनै सिंगापुर प्रवेश गर्न पाउनेछन् ।

कोभिड–१९ को दोस्रो लहरका कारण सिंगापुरले नेपालबाट लगायतका मुलुकबाट हुने प्रवेशलाई रोक लगाएको थियो । यो घोषणापछि अब नेपाली पर्यटकले सीधै अथवा ट्रान्जिटमार्फत पनि सिंगापुर प्रवेश पाउनेछन् ।

नेपाल लगायतका मुलुकमा कोभिड संक्रमणमा गिरावट आएको भन्दै सिंगापुरले यात्रा खुला गरेको जनाएको छ । क्वारेन्टिन बस्नु नपर्ने भएपनि पीसीआर नेगेटिभको प्रमाणपत्र भने देखाउनुपर्ने भएको छ ।

प्रकाशित : २०७८ कार्तिक ८, सोमबार ०८:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ