सर्लाहीका सिडिओ महतो र सशस्त्रका एसपी श्रेष्ठको जिम्मेवारी पनि खोसियो


टुडेखोज, जनकपुरधाम : सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामकुमार महतो र सशस्त्र प्रहरी प्रहरी एसपी गंगाराम श्रेष्ठ पनि कारबाहीमा परेका छन् ।

कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सिडिओ महतो र सशस्त्रका एसपी श्रेष्ठ जिम्मेवारीबाट हटाइएका हुन् । सिडिओ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको बुझिएको छ ।

यस्तै सशस्त्र प्रहरी प्रमुख एसपी श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाइएको छ । यसअघि नै नेपाल प्रहरी एसपी सन्तोषसिंह राठौरलाई हटाएको थियो । राठोरको ठाउँमा एसपी कृष्ण प्रसाईंलाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक ८, सोमबार ११:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ