काठमाडौंको सडकमा भ्वाङ


काठमाडौं : राजधानीको व्यस्त सडक नयाँ बानेश्वर मिनभवन सडकखण्डमा सोमबार बिहान एकाएक भ्वाङ परेको छ । सडक भ्वाङ पर्दा केहीबेर यातायातसमेत अवरुद्ध हुन पुगेको थियो ।

सो भ्वाङ पुर्नका लागि सडक विभागका कर्मचारी खटिएका थिए । प्रत्यक्षदर्शीका अनुसार सुरुमा सानो भ्वाङ परेकामा डोजर चलाउने क्रममा भ्वाङ ठूलो भएको थियो ।

अहिले भ्वाङ परेको सडक वरपर यातायात सञ्चालनमा रोक लगाइएको छ । काठमाडौँका ठाउँठाउँका सडकमा बेलाबेला भ्वाङ पर्ने समस्या देखिने गरेको छ ।

प्रकाशित : २०७८ कार्तिक ८, सोमबार १५:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ