तस्करीका समान, पिकअप गाडी र यादव पक्राउ


टुडेखोज, जनकपुरधाम । पर्सा प्रहरीले तस्करीका लाखौं कस्मेटिकका समान बोकेको बोलेरो पिकअप गाडी र तस्करीमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

BR05GB 2166 नम्बरको बोलेरो पिकअप गाडीमा चुराको मात्र भन्सार कटाई अन्य विभिन्न किसिमका कस्मेटिकका सामानहरू भन्सार छली नेपाल ल्याइरहेको बेला प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका ७ बाट विभिन्न कस्मेटिक सामानहरू, पिकअप गाडी र चालक भारत विहार रक्सौल १३ का ४० वर्षीय पुनदेव प्रसाद यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बरामद समान र पिकअप गाडीको १० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा प्रहरीले बुझाएको छ । पछिल्लो समय प्रदेश २ का जिल्लाहरुमा तस्करी मौलाएको गुनासो बढेको छ ।

प्रकाशित : २०७८ कार्तिक ८, सोमबार १८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ