मुस्कानलाई फेरी ५ लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय


टुडेखोज, जनकपुरधाम । प्रदेश २ सरकारले वीरगञ्जकी एसि’ड पीडित मुस्कान खातुनलाई थप उपचारका लागि फेरी ५ लाख रुपैया दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले मुस्कानलाई थप उपचारका लागि ५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । उनलाई यसअघि पनि प्रदेश सरकारले उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रहरीका अनुसार २०७६ भदौं २० गते विद्यालय पढ्न गइरहेको समयमा मुस्कानमाथि दुई किशोरले एसि’ड प्रहार गरेका थिए । अहिले पनि उनको उपचार जारी रहेको छ ।

प्रकाशित : २०७८ कार्तिक ९, मंगलवार ११:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ