कोरियामा नेपाली कामदार पठाउन शुरू, आजै ४८ जना जाने


काठमाडौं : वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा आज बुधबारदेखि कामदार पठाउन सुरु गरिँदैछ । कोरोनाभाइरस संक्रमण घटेपछि श्रमिक कोरिया जाने पाउने भएका छन् ।

कोरोनाकै कारण जान नपाएका रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु २० महिनापछि आजदेखि कोरिया जान शुरु गर्ने भएका हुन् । पहिलो चरणमा ४८ जना श्रमिकहरु आजै साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

श्रमिकहरुलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम छ । कोरोना संक्रमणका कारण अन्य कैयौं मुलुक श्रमिक जान पाएका छैन । तर संक्रमण घटेपछि अब विस्तारै विदेश जाने वातावरण बन्न थालेको छ ।

प्रकाशित : २०७८ कार्तिक १०, बुधबार ०७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ