चीनमा फेरी फैलिदै कोरोना: राजधानीमै लकडाउन


काठमाडौं : कोरोना संक्रमण पुनः फैलनसक्ने भन्दै त्यसको रोकथाम र नियन्त्रणका लागि चीनको गाँसु प्रान्तको राजधानी लान्झोउमा लकडाउन गरिएको

४० लाखभन्दा बढी जनसंख्या भएको सो शहरमा अत्यावश्यक कामभन्दा बाहेक अन्य समय घर बाहिर ननिस्कन आग्रह गरिएको छ । सोमबार मात्रै चीनमा २९ जनामा कोरोना संक्रमण देखा परेको थियो । तीमध्ये ६ जना लान्झोउ शहरका थिए ।

संक्रमण दर कम भएपनि पूर्व सावधानीका लागि लकडाउन गरिएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सो शहरका मुख्य नाकाहरुमा पनि आवातजावात पूर्ण रुपमा बन्द गरिएको छ भने एक स्थानबाट अर्को स्थानमा अनावश्यक रुपमा नजान पनि स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यसअघि नै चीनका ११ वटा प्रान्तमा कोरोना संक्रमण फैलिएको भन्दै चिनियाँ जनस्वास्थ्यविद्हरूले सावधान रहन सचेत गराएका थिए । उनीहरुले संक्रमणदर तीव्र गतिले फैलिन सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित : २०७८ कार्तिक १०, बुधबार ११:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ