जनकपुरमा तरुण दलले मनाए स्थापना दिवस, कुष्ठ रोगीलाई बाँडे लुगा


टुडेखोज, जनकपुरधाम । नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दलले आफ्नो ६८ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा जनकपुरमा कुष्ठ रोगीहरुलाई लुगा वितरण गरियो ।

बुधवार जनकपुरधाम ७ स्थिति रहेको कुष्ठ रोगी आश्रममा बस्ने ४६ जना महिला, पुरुष र बालबालिकालाई लुगा वितरण गरिएको तरुण दलका नेता शैलेन्द्र चोरबारले जानकारी दिएका छन् ।

प्रकाशित : २०७८ कार्तिक १०, बुधबार १९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ