शहिदनगरमा कुस्ती हेर्न उर्लियो जनसागर


टुडेखोज, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ९ गोठकोयलपुरमा आजबाट कुस्ती सुरु भएको छ । महादेव मन्दिरमा शिवलिङ्ग स्थापना गरेको अवसरमा लागेको मेलामा कुस्ती सुरु भएको हो ।

धनुषा क्षेत्र २ का संघीय साँसद एवं पूर्वमन्त्री उमाशंकर अरगरिया, मेयर उदय बरबरिया, उपमेयर शिलादेवी कापर, वडाध्यक्ष रामदेव मरिक लगायतले संयुक्त रुपमा कुस्तीको उद्घाटन गरे । कुस्तीका लागि नेपाल र भारतबाट दर्जनौं पहलवान आएका छन् । कुस्ती भोली बिहिवार पनि हुनेछ ।

आज कुस्ती हेर्न हजारौं सर्वसधारण उर्लिएका थिए । मधेसका जिल्लामा अहिले कुस्ती खेलको आयोजना गर्दा टाढा टाढाबाट मानिसहरु हेर्न आउने गरेका छन् ।

प्रकाशित : २०७८ कार्तिक १०, बुधबार २०:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ