सिरहा : सडक छेउमा फालेको अवस्थामा भेटियो पुरुषको लाश


टुडेखोज, जनकपुरधाम । सिरहाको नरहा गाउँपालिका २ स्थित सडक छेउमा फालिएको अवस्थामा एक पुरुषको लाश (शव) फेला परेको छ । लाश आज विहान करिब ७ बजे फेला परेको हो ।

स्थानीयले दिएको जानकारी अनुसार ईलाका प्रहरी कार्यालय विष्णुपुरको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । फेला परेको शव विष्णुपुर गाउँपालिका २ का अन्दाजी ७० वर्षीय किशुन यादवको रहेको प्रहरीले जनाएको छ ।

कानूनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि सिरहा अस्पताल लगिने बताइएको छ । दुर्घटनामा मृत्यू भएपछि घटना लुकाउन सवारी चालकले नै उनको शव सडक छेउमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित : २०७८ कार्तिक ११, बिहीबार ११:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ