धनुषाका १६ पालिकामा एमाले अधिवेशन बाँकी


जनकपुरधाम । धनुषाको १६ पालिकामा तोकिएको समयमा नेकपा एमालेको अधिवेशन हुन सकेन । मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा मात्र अधिवेशन सकिएको छ ।

मिथिलामा दीपक थापाको अध्यक्षतामा ७५ सदस्यीय र बटेश्वरमा रामखेलावन महतोको अध्यक्षतामा ६५ सदस्यीय नेतृत्व चयन गरिएको छ । एमाले धनुषा अध्यक्ष राजकिशोर यादवले १६ पालिकामा अधिवेशन गर्न बाँकी रहेको बताए ।

उनका अनुसार केही वडामा विवाद देखिएको र सदस्यता नवीकरण नभएकोजस्ता प्राविधिक कठिनाइले अधिवेशन समयमा नभएको हो । समस्या समाधानको प्रयास भइरहेको र छिट्टै बाँकी पालिकामा पनि अधिवेशन सम्पन्न हुनेछ ।

धनुषामा कुल १६९ वडा रहेकोमा १३० वटामा वडा अधिवेशन सम्पन्न भइसकेको अध्यक्ष यादवले बताए । बाँकी रहेको वडा र पालिकामा अधिवेशन छिट्टै सकिने उनले बताए ।

प्रकाशित : २०७८ कार्तिक ११, बिहीबार १४:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ