जापानले बनायो उड्ने बाइक, कति पर्छ मूल्य ? हेर्नुस्


जापानमा आकाशमा उड्ने मोटरसाइकल निर्माण भएको छ । स्टार्टअप कम्पनी एएलआई टेक्नोलजीजले ‘होभर बाइक’ भनेर चिनिने आकाशमा उड्ने बाइक बनाएको हो ।

कम्पनीका अनुसार यसको मूल्य छ लाख ८० हजार डलर अर्थात् झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ पर्छ । बिबिसीका अनुसार होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटेड एडिसन’ बुधबारदेखि जापानी बजारमा उपलब्ध भएको छ ।

आगामी वर्षको मध्यसम्ममा एकजना चढ्न मिल्ने ३०० केजी तौल भएका २०० वटा होभरबाइक उत्पादन गर्ने निर्माता कम्पनीको लक्ष्य छ । प्रत्येक होभरबाइकमा एउटा इन्जिन र ब्याट्रीजडित चारवटा मोटरहरू रहेको जनाइएको छ ।

इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योस्थित उक्त कम्पनीका लगानीकर्ता हुन् । निर्माण कम्पनीले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ ।

एकचोटि चार्ज गरेपछि यो होभरबाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलोजीजले जनाएको छ । उड्ने बाइक बनाएपछि विश्वमा जापानको चर्चा चलिरहेको छ ।

प्रकाशित : २०७८ कार्तिक ११, बिहीबार १५:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ