यि तीनजना बन्दैछन् भारत, अमेरिका र बेलायतको राजदूत


काठमाडौं । सरकारले तीन महत्वपूर्ण देशमा राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार भारतका लागि डा। शंकर शर्मा, बेलायतमा ज्ञानचन्द्र आचार्य र अमेरिकामा श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गरेको छ । पाँच दलीय गठबन्धनले सत्ता लिएपछि अघिल्लो केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाएको थियो ।

संसदीय सुनुवाईपछि राष्ट्रपतिबाट राजदूतको नियुक्ति हुने कानुनी व्यवस्था छ । सिफारिस भएपछि अब संसदीय सुनुवाई हुन्छ र राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै जनालाई राजदुत नियुक्त गर्ने बताइएको छ ।

प्रकाशित : २०७८ कार्तिक ११, बिहीबार १८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ