धनुषामा प्रधानाध्यापक साहलाई विद्यार्थीले गरे जनकारबाही


जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिर चन्द उच्च माध्यमिक विद्यालयका विद्यार्थीले नियमित पठनपाठन नभएको भन्दै प्रधानाध्यापक बैजु साहलाई जनकारबाही गरेका छन् ।

विद्यालयबाट निस्कन लागेका प्रधानाध्यापमकलाई विद्यार्थीले हातपात गरेका हुन् । मोटरसाइकल चढेर विद्यालयबाट निस्कन लाग्दा विद्यार्थीले बैजुमाथि चप्पल समेत प्रहार गरेको बताइएको छ ।

नियमित पठन–पाठन हुनुपर्ने, शिक्षकको व्यवस्थापन हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीले पुस्तक पाउनुपर्ने र विद्यालयका नाममा आएका सामग्रीहरु विद्यालयमै राख्नुपर्ने विद्यार्थीको माग छ ।

प्रकाशित : २०७८ कार्तिक १२, शुक्रबार १३:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ