छुटे शाहरुखका छोरा आर्यन


बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान झण्डै एक महिनापछि आज मुम्बईको आर्थर रोड जे’लबाट छुटेका छन् । उनलाई एक क्रुज सिपमा भईरहेको पार्टीमा लागुऔषध सम्बन्धी अभियोगमा पक्राउ गरिएको थियो ।

उनी बाहिर निस्किदा सडकभरी आर्यन खानलाई कभर गर्नका लागि धेरै मिडियाहरुका प्रतिनिधि बसिरहेका थिए । सुरक्षाको लागि सुरक्षाकर्मीहरु पनि उपस्थित थिए । आर्यनलाई बाहिर आउने बित्तिकै गाडीमा राखियो । त्यसपछि गाडी हुईँकिएर बाटो लागेको थियो ।

बम्बईको उच्च अदालतमा ३ दिनसम्म चलेको सुनुवाई पछि ड्र’ग्स मु’द्दामा २३ वर्षका खानसहित ३ जनालाई बिहीबार जमानत दिइएको थियो । तर कागजी प्रक्रिया पूरा नभईसकेको हुनाले उनलाई शुक्रबारको रात पनि हिरास’तमा नै बिताउनु परेको थियो । जेल प्रशासनलाई शनिबार बिहान ५ः ३० बजेमात्र कागजपत्र दिइएपछि आर्यन छुटेका हुन् ।

आर्यन खानका तर्फबाट मुकुल रोहतगीले मु’द्दा लडेका थिए । रोहतगी मोदी सरकारको समयमा न्यायाधिवक्ताका रुपमा काम गरेका वकिल हुन् । जुही चावलाले एक लाख रुपैयाँको ‘बेल ब्राण्ड’ मा हस्ताक्षर गरेकी थिइन् । जुही शाहरुख खानको सुरुवाती चलचित्रकी सह कलाकार हुन् ।

प्रकाशित : २०७८ कार्तिक १३, शनिबार १३:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ