भारतमा सर्लाहीका ३ जनाको मृत्यु, अन्य ३ जना बेहाेस


सर्लाही । भारतको उत्तरप्रदेशको कोल्ड स्टोरेजमा काम गर्न गएका सर्लाही जिल्लाका तीन जनाको शंस्कास्पद मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका ६ का ३९ वर्षीय जगदिश माझी, २९ वर्षीय नन्दलाल माझी र ईश्वरपुर नगरपालिका ३ का ४० वर्षीय सुमन भुजेल रहेका छन् ।घरेलु मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

यद्यपि तथ्य भने पत्ता लाग्न सकेको छैन । तीन जनाको मत्यु भएपछि नेपाल फर्किएर आएका सोही कोल्ड स्टोरेजमा काम गर्ने पाँच जना बेहोस भएका छन् । उनीहरूको सर्लाहीमै उपचार भइरहेको छ ।

प्रकाशित : २०७८ कार्तिक १३, शनिबार १९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ